Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे, प्रतिलिटर कति पुग्याे ?


6.1k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा र डिजेलमा १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ। पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक (१५ दिनमा) रूपमा अझै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमले जनाएको छ । सोही कारण इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्लो पटक प्राप्त खरिद मूल्य निकै बढेर आएको निगमले जनाएको छ ।