Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सुपा देउरालीमा सामुदायिक होमस्टे (भिडियाे रिपोर्ट)


221
Shares

सागर महत, अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिर दर्शनका लागि जाने भक्तजनलाई लक्षित गर्दै सन्धिखर्क–६ मा होमस्टे सञ्चालनमा ल्याइएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएका तथा बसाई सरेर तराइ झरेका युवाहरुको सक्रियतामा होमस्टे सञ्चालन गरिएको हो ।
अर्घाखाँचीको सन्धिखर्क–६ सुपादेउराली पोखेडाँडामा सामुदायिक होमस्टे सञ्चालनमा आएका छन् ।

प्रसिद्व सुपा देउराली मन्दिर र नर्तनाञ्जल पर्वतको नरपानीमा आउने पर्यटकलाई लक्षित गरी संचालनमा ल्याएको होमस्टेबाट डाँडाकाँडा र हिमशृंखला देख्न सकिन्छ ।

प्रसिद्व सुपा देउराली मन्दिर देखि करिव ६ किलोमिटर क्षेत्रमा पर्ने यस ठाँउमा परम्परागत गाउँले परिवेशका घरमा होमस्टेमा पर्यटकलाई मकैको ढेडो, च्याख्लाको खिर, केराउको च्याख्लाको खिर, सिस्नुको सुप, कोदोको रोटी, कोदोको ढिडो, फापरको रोटी, लोकल कुखुरा, लोकल खसीको मासु लगायतका परिकार खान दिने गरिएको छ ।

कच्ची घरमा पाहुना राख्ने कोठा, सुधारिएको ओछ्यान, अलग्गै भान्सालगायतका पूर्वाधार निर्माण भएका छन । सुपादेउराली पोखेडाँडा सामुदायिक होमस्टे समितिका अध्यक्ष भुवनसिंह दर्लामीले गाउँठाउँमा केही गर्ने उद्देश्यका साथ होमस्टे सञ्चालनमा ल्याएको बताउनुभयो।