Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक राउत पक्राउ


3.3k
Shares

काठमाडौँ । प्रहरी वृत्त मालिगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) दिनेश राउत घुस लिएको आरोपमा पक्राउ परेका छन्।

बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा जाहेरीवालाबाट रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर दुःख हैरानी दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार सइ राउतलाई सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौँ महानगरपालिका-९ गौशालाबाट आज पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Skip This