Logo २ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026


सामाजिक सुरक्षा भत्ता ७५ वर्षमा दिन सिफारिस, अवकाश उमेर ६३ पुर्‍याउने प्रस्ताव


57.9k
Shares

काठमाडाैं । सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउन सरकारलाई सुझाव दिइएको छ। सुशासन मार्गचित्र समितिको प्रतिवेदनले हाल ७० वर्ष रहेको उमेर बढाउन सिफारिस गरेको हो।

अहिले एकल महिला तथा कर्णालीलगायत केही क्षेत्रमा भने ६५ वर्षमै भत्ता दिइँदै आएको छ। प्रतिवेदनमा औसत आयु वृद्धि भएकाले कर्मचारीको अवकाश उमेर पनि बढाएर ६३ वर्ष पुर्‍याउनुपर्ने उल्लेख छ।

पुस १४ गते गठन गरिएको समितिले शासकीय सुधारका विभिन्न क्षेत्रमा अध्ययन गर्दै १,७६५ क्रियाकलाप समेटिएको विस्तृत प्रतिवेदन तयार पारेको छ । जसमा राजनीतिक दलका घोषणापत्रदेखि न्याय र प्रशासन सुधारका विषयसमेत समावेश छन्।