Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


अध्यक्ष ओली पक्राउको विरोधमा माइतीघर तनावग्रस्त


1.7k
Shares

काठमाडाैं ।
काठमाडौंको माइतीघर क्षेत्र नेकपा एमालेका कार्यकर्ताको प्रदर्शनका कारण तनावग्रस्त बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान पक्राउ गरिएको विरोधमा एमालेका २३ जनसंगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरू निषेधाज्ञा उल्लंघन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले धरपकड सुरु गरेको छ। यससँगै माइतीघर आसपासको अवस्था थप तनावपूर्ण बनेको छ।