Logo २७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026


दमकमा करेन्ट लागेर एक युवाको मृत्यु


429
Shares

झापा । झापाको दमक नगरपालिका–८ सेतुमारी रोडमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
आज बिहान करिब ८:०० बजे दमक–८ बस्ने २८ वर्षीय निरोज साह आफ्नै किराना पसलबाट पूर्वपट्टि रहेको आफ्नो तीनतले घरमा CCTV क्यामेराको तार तान्ने क्रममा दुर्घटना भएको हो।

प्रहरीका अनुसार सो क्रममा साहले तानेको तार सोही स्थानमा रहेको विद्युतको हाइटेन्सन लाइनमा लाग्दा विद्युत सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल लगिएको थियो।

उपचारको क्रममा बिहान ९:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। त्यसपछि शवलाई पोष्टमार्टमका लागि ९:४५ बजे दमक–१ स्थित दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।