Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै

बाढी र पहिराेका कारण देशको भविष्य नै जोखिममा परेको विज्ञकाे ठहर

169
Shares

काठमाडाैं । जलवायु परिवर्तनका कारण बाढी, पहिरो र हिमताल विस्फोटलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा देशको भविष्य नै जोखिममा परेको विज्ञहरूले बताएका छन् ।

विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा साेमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले वैज्ञानिक तथ्याङ्कलाई समयमै पूर्वसूचनामा रूपान्तरण गर्न सके धनजनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभएकाे हाे । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले अहिले देशभर स्वचालित मौसम स्टेसन, राडार र उपग्रह प्रणालीमार्फत वास्तविक समयमै तथ्यांक संकलन गरिँदै आएको बताउनुभएकाे छ। विभागले अहिले १२ घण्टादेखि तीन दिनसम्मको पूर्वानुमान सेवा सञ्चालन गरिरहेको उहाँकाे भनाइ थियाे ।

वरिष्ठ जलविद् राम विकेशले बाढी पूर्वसूचनाका कारण क्षति कम भएको उल्लेख गर्दै यस प्रणालीमा लगानी अझ बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भविष्यमा पाँचदेखि ७ दिनसम्मको पूर्वानुमान, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण र मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराउनुभएकाे छ ।