Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


बिरामी वृद्धालाई खाटमै बोकेर मतदान गराइयाे


286
Shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–२ स्थित शुक्रराज आधारभूत विद्यालय मौहरिया मतदान केन्द्रमा मतदानका क्रममा एक मार्मिक दृश्य देखिएको छ।

बिरामी अवस्थामा रहेकी एक वृद्धा महिलालाई मतदानका लागि खाटमै बोकेर मतदान केन्द्रसम्म ल्याइ मतदान गराइएको हो।

मतदान केन्द्रका अधिकृत डा. अजय चौधरीले उक्त दृश्यले आफ्नो हृदय छोएको बताए। उनले जनताले दिएको अभिमतको जनप्रतिनिधिहरूले सही रूपमा सदुपयोग गर्नुपर्ने उल्लेख गरे।