Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सिराहामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, करिब ६५ प्रतिशत मतदान


338
Shares

राम बाबु यादब,सिरहा । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिव ६५ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अनुसार जल्लाको चारवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा करिव ६५ मतदान भएको जनाएको हो।

निर्वाचन अधिकृतको कार्यालय सिरहाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको र आजै रातिबाटै मतदान प्रकृयासुरुहुने बताए।
जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकारी राजन श्रीवास्तकका अनुसार अहिलेसम्म प्राप्त िविवरण अनुसार जिल्लामा ६२ देखि ६५ प्रतिशतको हाराहारिमा मतदान भएको बताए।

उनले भने, ‘अहिले विवरणहरु संकलन भईरहेको छ, सवै विवरण प्राप्तभएपछि ठ्याक्क भन्न सहिन्छ। अहिलेसम्म प्राप्त विवरण अनुसार ६२–६५ प्रतिशतको हाराहारीमा मत खसेको छ।’ सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। जसमध्ये २ लाख ४१ हजार ६१५ पुरुष, २ लाख १२ हजार २८ महिला र २ जना अन्य मतदता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।

सिराहाको चारवटा निर्वाचन क्षेत्रबाट विभिन्न सानाठुला दलका ५३ र स्वतन्त्र ८५ गरी १३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचनमा विभिन्न दलबाट ३ र ५ स्वतन्त्र गरी आठजना महिला उम्मेदवार छन्। निर्वाचनका लागि जिल्लामा २ अस्थायीसहित २२५ मतदान स्थाल र ५३७ त्दान केन्द्र स्थापना गरिएको थियो।