Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


तेह्रथुममा मतदान सम्पन्न, ५३ प्रतिशत मत खस्याे


169
Shares

प्रकाश पाक्साँवा, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा साँझ ५:३० बजेसम्म ५३.५९ प्रतिशत मतदान सम्पन्न भएको छ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ३९ हजार १९३ मत खसेको छ। जसमा पुरुष १९ हजार ९४८ र महिला १९ हजार २४५ मतदाता सहभागी भएका छन्।

जिल्लामा कुल ७३ हजार १३७ मतदाता रहेका थिए। तीमध्ये महिला ३५ हजार ५१० र पुरुष ३७ हजार ६२७ रहेका थिए।
तेह्रथुममा ५६ मतदान स्थलअन्तर्गत ९३ मतदान केन्द्र मार्फत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा दिनभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको बताइएको छ ।