Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


प्रतिनिधि सभा निर्वाचन : ताप्लेजुङमा ५१ प्रतिशत मत खस्याे


0
Shares

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ। कुल ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ७७४ अर्थात् ५१ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुर्गम मानिएका चारवटा क्षेत्र बाहेक सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याउने तयारी भएको छ।

फक्ताङ्लुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला, घुन्सा, ग्याब्ला र याङ्माका मतपेटिका आजै हेलिकप्टरबाट ल्याउने तयारी भए पनि मौसमका कारण सम्भव नभएकोले बिहान ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो।

ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १२७ मतदान केन्द्र छन्। यसपटकको निर्वाचनमा १३ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन्।