Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


धनुषाका चारवटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्याे


182
Shares

धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। मतदान सकिएलगत्तै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ ल्याइँदै गरिएको छ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार प्रारम्भिक अनुमानमा जिल्लाभर करिब ६० प्रतिशत मतदान भएको छ। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।