Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


इलाममा ४० प्रतिशत मत खस्यो


78
Shares

इलाम । इलाममा हालसम्म ४० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्।

उनका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको प्रशासनले जनाएको छ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।