Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


निर्वाचनकाे समयमा एक हप्ता सार्वजनिक बिदा हुने


11.9k
Shares

काठमाडौँ ।

निर्वाचन आयोगले आमनिर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले सरकारलाई पत्राचार गर्दै फागुन २१ गते हुने चुनावका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिन सिफारिस गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आयोगले विदाका लागि सरकारलाई आग्रह गरेको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताउनुभयो । सरकारले निर्वाचनका लागि आयोगको सिफारिस अनुसारको निर्णय गरे निर्वाचनको समयमा एक साता बिदा हुने परिस्थिति बन्नेछ ।

फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको विदा परेको छ भने फागुन १९ गते तराईमा फागू पूर्णिमाको विदा परेको छ । फागुन २३ गते शनिबार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । ‍‍यसरी फागुन १८ देखि २४ सम्म सात दिन विदा हुनेछ ।