Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


सिंहदरबार आगजनीको अभिव्यक्ति दिने व्यक्ति पक्राउ,५ दिन म्याद थप


2.6k
Shares

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको भन्दै उत्तेजक अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गौतमले सिंहदरबारमा आगजनी गरेको दाबी गर्ने तथा अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने अभिव्यक्ति दिएको आधारमा उनलाई पक्राउ गरिएको हो। उनी भीडलाई उत्तेजित बनाउने आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको निष्कर्ष छ।

गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।