Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


विश्वकप अभ्यास खेलमा श्रीलंकामाथि नेपालको शानदार जित


1.4k
Shares

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यास खेलमा नेपाली राष्ट्रिय टिमले श्रीलंका ‘ए’सँगको तेस्रो खेलमा शानदार जित निकालेको छ।

शनिबार सम्पन्न भएको तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित निकालेको हो। शुरुका दुई अभ्यास खेलमा पराजित भएको नेपालले अभ्यास शृङ्खलाको सुखद् अन्त्य गरेको छ। शुरुमा ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा कुशल भुर्तेलले महत्त्वपूर्ण योगदान दिए। अर्धशतक बनाउन एक रनले चुकेको भुर्तेलले ३५ बल खेल्दै ४९ रन बनाए। उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाउँदा अविजित रहेका हुन्। त्यस्तै, आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए। ओपनर आशिफ शेख ११ रनमा आउट भएका थिए।

विश्वकप अगाडि अब नेपालले श्रीलंकाबाट सिधै भारतमा गएर अभ्यास गर्ने भएको छ।

Skip This