Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


राप्रपाका उम्मेदवार भण्डारीसँग आयोगले सोध्यो स्पष्टीकरण


3.4k
Shares

काठमाडौं । काठमाडौँ–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता, २०८२ उल्लंघन गर्दै लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो।

आयोगले श्रव्यदृश्य सामग्रीसमेत प्राप्त भएकाले तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको छ।