Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा


6.1k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएसँगै उनले राजीनामा दिएका हुन्।

पुस ३० गते नयाँ कार्यसमिति बनेको कांग्रेसले भोलि केन्द्रीय कार्यालय सानेपामा पुगेर पदभार ग्रहण तथा केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रमअघि नै पौडेलले राजीनामा दिएका हुन्।

राष्ट्रिय सभा सांसदसमेत रहेका पौडेलको राजीनामापछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना जारी गरेका छन्। नयाँ नेतृत्व आइसकेपछि पनि पौडेल र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी लेटरप्याडमा सूचना जारी गरेपछि त्यसलाई लिएर विरोध भएको थियो।