Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मेयर बालेन शाह घण्टीघरबाट १० मिनेटमै फर्किए, आजै जनकपुर जाने


481
Shares

काठमाडौं ।

काठमाडौं महागरपालिका मेयर बालेन शाह घण्टीघरमा पुगेर छोटै समयमा फर्किएका छन् ।

घण्टीघरमा करिब १० मिनेट मात्र बसेर उनी फर्किएका थिए। आजै जनकपुर जाने कार्यक्रम तय भएकाले उनी त्यहाँ लामो समय नबसेको जनाइएको छ।

मेयर शाहले संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुनी व्यवस्था बमोजिम मिति २०८२ माघ ४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको सचिवालयले जनाएको छ। राजीनामा उपमेयरमार्फत् बुझाइएको महानगरपालिकाका एक अधिकारीले जानकारी दिए।