Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


स्पेनी सुपर कपमा बार्सिलोना फाइनलमा प्रवेश


247
Shares

काठमाडौं। साउदी अरेबियामा भएको स्पेनी सुपर कपको सेमिफाइनल खेलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई ५-० गाेलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ।

जेद्दाहस्थित अलिन्मा स्टेडियममा बुधबार राति भएको खेलमा राफिन्हाले दुई गोल गर्दै बार्सिलोनाको जितमा मुख्य भूमिका खेलेका हुन्। ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले पहिलो हाफमै चार गोल गर्दै बास्क प्रतिद्वन्द्वीलाई दबाबमा पारेको थियो। युवा स्टार लामिन यमलले भने खेलको अधिकांश समय बेन्चमै खर्चेका थिए।

खेलको २३औं मिनेटमा फर्मिन लोपेजको मिस भएको प्रहारलाई फेरेन टोरेसले गोलमा परिणत गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३०औं मिनेटमा राफिन्हाको पासमा फर्मिनले सुन्दर कर्लिङ गोल गरेका थिए। त्यसको चार मिनेटपछि रूनी बार्डघ्जीले एथलेटिकका गोलकिपर उनाइ सिमोनको मुनिबाट बल छिराउँदै तेस्रो गोल थपेका हुन्।

३८औं मिनेटमा राफिन्हाले शक्तिशाली प्रहारमार्फत आफ्नो पहिलो गोल गरे भने ५२औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको विशाल जित सुनिश्चित गरेकाे हाे हाल बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेर्काे छ ।

Skip This