Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


चीनको नान्जिङमा नेपाली तेक्वान्दो खेलाडीको शानदार प्रदर्शन, ४ स्वर्णसहित २६ पदक


221
Shares

काठमाडौं ।

चीनको नान्जिङमा सम्पन्न एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्णसहित कुल २६ पदक जित्न सफल भएका छन् ।

गेरोगी, पुम्से र स्पिड किक विधामा प्रतिस्पर्धा गरेका नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य पदक हात पारेका छन् ।

स्वर्ण पदक जित्ने खेलाडीमा जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्ट रहेका छन् । त्यसैगरी आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक हात पारे ।

कांस्य पदक जित्ने खेलाडीमा एभिनजंग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पा छन् ।

प्रतियोगितामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीहरूले सहभागिता जनाएका थिए । टोलीका प्रशिक्षकको जिम्मेवारी सरोज तामाङ र विकेश बिडारीले सम्हालेका थिए ।