Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


गुल्मी-२ बाट एमालेका विष्टको एकल नाम सिफारिस


780
Shares

काठमाडौं । नेकपा एमालेले गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष गोकर्ण विष्टको नाम एकल रूपमा सिफारिस गरेको छ।

यसअघि गुल्मी–१ बाट प्रदीप ज्ञवालीको नाम पनि एकल सिफारिस भइसकेको छ।

गुल्मी–२ मा विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्याललगायत नेताहरूको नाममा छलफल भए पनि अन्ततः विष्टकै नाम टुंगो लगाइएको हो।

क्षेत्रीय संयोजक रितबहादुर थापाले विष्टको नाम एकल सिफारिस गरिएको जानकारी दिएका छन्। विष्ट लामो समयदेखि यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका अनुभवी नेता हुन्।