Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


झापा-५ बाट ओलीको एकल नाम सर्वसम्मत सिफारिस


611
Shares

काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।

आज बसेको नेकपा एमाले झापा–५ क्षेत्रीय बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत ओली यही क्षेत्रबाट उम्मेदवार बनेर विजयी भएका थिए।

झापा जिल्लामा प्रतिनिधिसभाका पाँचवटा निर्वाचन क्षेत्र रहेका छन्।