Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


चीनले‘लङ मार्च–८ ए’ रकेट सफलतापूर्वक प्रक्षेपण


312
Shares

काठमाडौं ।

चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

देशको दक्षिणी टापुको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहसहित उडेको रकेटले न्यून पृथ्वी कक्षमा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक पक्षेपण गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

लङ मार्च–८ ए’ चीनले विकास गरेको आधुनिक रकेट हो । यसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु रहेको छ । यो लङ मार्च रकेट विशेष गरी पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिने बताइएको छ ।

उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी प्रयोजनका लागि उपयुक्त क्षमताका कारण ‘लङ मार्च–८ ए’ चीनको अन्तरिक्ष कार्यक्रमको महत्त्वपूर्ण हिस्सा भएको दावी गरिएको छ। यो प्रक्षेपणबाट चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।