Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु


2k
Shares

काठमाडौं ।

विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ।

विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

मोरङ प्रहरीका अनुसार थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ। कोशी प्रदेशबाट लामो समयदेखि क्रिकेट खेल्दै आएका थापाको निधनले परिवार र क्रिकेट प्रेमी शोकमा डुबेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

Skip This