Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


संसद् पुनःस्थापनाको रिटमा आज पेशी


1.3k
Shares

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै ६८ जना सांसदले दायर गरेको पूरक रिटमा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ।

नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित कुल ६८ सांसदले पूरक रिट दायर गरेका हुन्।

मंगलबार वारेसमार्फत सर्वोच्च अदालतमा पूरक रिट दर्ता गरिएको हो। पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए। यसअघि कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दायर गरेका थिए भने पछि थप ६० सांसद प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका हुन्।

कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापनाको मागमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।

यसअघि नै नेकपा एमालेका ७५ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाइसकेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा हालसम्म हस्ताक्षर बुझाउने सांसदको सङ्ख्या १४३ पुगेको छ।

Skip This