Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


लुम्बिनी बन्यो साक्षर प्रदेश, १३ गते देउखुरीमा औपचारिक कार्यक्रम


260
Shares

काठमाडौं।

लुम्बिनी प्रदेशलाई सिंगो रूपमा ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको छ।

यसको औपचारिक घोषणा यही पुस १३ गते दाङको देउखुरीमा आयोजना हुने विशेष कार्यक्रममार्फत गरिनेछ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई साक्षर घोषणा गर्नेछन्। लुम्बिनी प्रदेशका सबै १२ वटै जिल्ला साक्षर मापदण्ड पूरा गरेकाले प्रदेशस्तरमै घोषणा गर्न लागिएको हो।

मन्त्री तिमिल्सिनाले दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके र कपिलवस्तु जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि रहेको जानकारी दिए। उच्च साक्षरता दर भएका पालिकामध्ये रुपन्देहीका बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका तथा पाल्पाको तानसेन नगरपालिका अग्रणी रहेका छन्।

यसका साथै एसईई परीक्षाको नतिजामा पनि उल्लेखनीय सुधार देखिएको उनले बताए। शैक्षिक सत्र २०८० मा ३८.६५ प्रतिशत रहेको उत्तीर्ण दर २०८१ मा बढेर ६२.०६ प्रतिशत पुगेको छ।