Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सरकारले जेनजी विद्राेहका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालयको निरीक्षण गर्दै


507
Shares

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालयहरूको स्थलगत निरीक्षण गर्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पहिलो पटक क्षतिग्रस्त दलहरूका कार्यालयको अनुगमन गर्न लागेको बताउनुभएकाे हाे। मन्त्री खरेलसहित कानूनमन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालको सरकारी टोलीले अनुगमन गर्ने भएकाे छ।