Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य हुँदैन: सचिव बस्नेत

गोला प्रक्रिया मार्फत मतपत्रमा चुनाव चिन्ह राख्न खोजिए स्वीकार्य छैन

4.7k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताउनुभएकाे छ।

सिंहदरबारमा साेमबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको विदेशमा बसेका नेपाली र अन्तर जिल्ला मतदानको बारेमा छलफलमा एमालेबाट प्रतिनिधित्व गरेका बस्नेतले ठूला दलसँग एक्ला एक्लै संवाद गर्न कार्कीसँग सचिव बस्नेतले आग्रह गर्नुभएकाे हाे। उहाँले अध्यादेशमा प्रतिनिधिसभाको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने भन्ने कुरा आएको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयाे।

अघिल्लो निर्वाचनको समानुपातिक मतका आधारमा दलको चुनाव चिन्ह मतपत्रमा राखिने व्यवस्था खारेज गरेको हो भने सरकारले चुनाव गराउन नचाहेको ठहरिने सचिव बस्नेतले बताउनुभएकाे छ।

Skip This