Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा सञ्चालन


208
Shares

काठमाडाैं। संखुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा साेमबारदेखि शुरु भएको छ।

टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका हुन् । टेलिकम खाँदबारीका प्रमुख प्रेम राईले लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि भएकाे बताउनुभयाे।

टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरिएको हो । दुर्गम हिमाली भूगोल र कठिन मौसमका बाबजुद सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ।

टेलिकमले भोटखोला गाउँपालिका-१ अन्तर्गतको किमाथाङ्का क्षेत्रमा पनि केही दिनभित्र फोरजी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको बताएकाे हाे।