Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


तोकिएकै मितिमा निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने मुख्यमन्त्री पाण्डेकाे चेतावनी


143
Shares

काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने चेतावनी दिनुभएको छ।

पोखरामा साेमबार आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे चेतावनी दिनुभएकाे हाे। मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन ठूलो संकट निम्त्याउने जिकिर गर्नुभयो। उहाँले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन हुनेगरी आवश्यक वातावरण बनाउनुपर्ने बताउनुभएकाे छ।

मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनपछि सुरक्षाकर्मीहरुको मनोवल कमजोर हुने काम भएकाले त्यसलाई सशक्त बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो।