Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


एमाले ११औँ महाधिवेशन : महासचिवमा शंकर पोखरेल–सुरेन्द्र पाण्डे भिड्ने


3.1k
Shares

काठमाडौँ ।

नेकपा एमालेको ११औँ महाधिवेशनका लागि दुवै पक्षले पदाधिकारीका उम्मेदवार अन्तिम टुंगो लगाएका छन्।

संस्थापन पक्षबाट केपी शर्मा ओली अध्यक्षका उम्मेदवार बन्ने निश्चित भएसँगै इतर समूहबाट ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने तय भएको छ।

महासचिव पदमा संस्थापन पक्षबाट शंकर पोखरेल उम्मेदवार चयन भएका छन् भने इतर समूहबाट सुरेन्द्र पाण्डे मैदानमा उत्रिने भएका छन्। सुरुवातमा संस्थापन पक्षभित्र महासचिव पदका लागि प्रदीप ज्ञवालीले दाबी नछाड्दा उम्मेदवार टुंग्याउन कठिनाइ देखिएको थियो। अन्ततः केपी शर्मा ओलीकै चाहनाअनुसार शंकर पोखरेललाई महासचिवको उम्मेदवार बनाइएको हो।

इतर पक्षले भने महासचिवका लागि सुरेन्द्र पाण्डेको नाम बिहानै तय गरिसकेको थियो। १०औँ महाधिवेशनमा शंकर पोखरेल महासचिव र सुरेन्द्र पाण्डे उपाध्यक्ष बनेका थिए।

त्यतिबेला दुवै नेताले ओली समूहबाटै निर्वाचन लडेका थिए। दुवै पक्षले पदाधिकारीका उम्मेदवार टुंग्याइसकेका छन्। निर्वाचन आयोगका अनुसार आगामी जेठ १ गते मतदान हुने छ।