Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


एमाले महाधिवेशन : ईश्वर पक्षको महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डे


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा संस्थापनइतर पक्षले महासचिवमा सुरेन्द्र पाण्डेलाई उमेदवार बनाउने टुंगो लगाएको छ। अध्यक्षमा ईश्वर पोखरेल उमेदवार हुने प्यानलबाट पाण्डे महासचिव उठ्ने सहमति भएको हो।

महासचिवका आकांक्षी गोकर्ण विष्टलाई उपाध्यक्ष र योगेश भट्टराईलाई उपमहासचिव बनाउने सहमतिसँगै प्यानल अन्तिम चरणमा पुगेको छ। उपाध्यक्षमा गोकर्ण विष्टसहित परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल प्रतिस्पर्धामा छन् भने एक पदमा नाम टुंगिन बाँकी छ।

उपमहासचिवमा योगेश भट्टराई उठ्नेछन्। सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र इन्द्रलाल सापकोटाको नाम चर्चामा छ।