Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ: अध्यक्ष ओली


221
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने बताउनुभएकाे छ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अन्तरिम सरकारले नै चुनाव विथोल्ने काम गरिरहेको बताउनसभएकाे हाे ।

अध्यक्ष ओलीले जेन-जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरुका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरुलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले पनि एमाले अजम्बरी बनेको आपूmले ढुक्कका साथ भन्नसक्ने अवस्था आएको बताउनु भयो । उहाँले उद्घाटन समारोहमा भएको उपस्थितिले आफूलाई गौरवान्वित बनाएको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईहरुको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । सम्झिरहेको छु–तीन महिना अघिका ती कहालीलाग्दा दिनहरु । जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो । आततायीहरुबाट जलाईरहिएको थियो । जतिबेला संविधान, लोकतन्त्र, र यसका आधार स्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो । एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो ।

पुराना पार्टीहरु सकिए, पुराना नेताका दिनहरु गए । र नेकपा एमालेका सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो । धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यहाँ यो जनसागर उर्लिएको छ । म ढुक्कले भन्न सक्छु–लोकतन्त्र अजय छ । नेकपा एमाले अजम्वरी छ ।’ अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र त्यसको स्तम्भको रुपमा रहेका राजनीतिक दलहरुमाथिको हमला स्वीकार्य नहुने समेत बताउनुभयो ।