Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


हेलिपोर्ट प्रकरण: क्यानका निलम्बित महानिर्देशक अधिकारीकाे अदालतमा बयान जारी

आजै थुनछेक बहस पनि हुने

962
Shares

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीको मुद्दामाथि विषेश अदालतमा अहिले बयान जारी रहेकाे छ।

भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणका नाममा राज्यलाई १३ करोड ५७ लाख नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेपछि शुक्रबार अधिकारीको बयान भएको हो। बुधबार अदालत पेश भए पनि समय अभावका कारण शुक्रबारका लागि सारिएको थियो। विषेश अदालतका न्यायधीशहरु नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा अधिकारीको बयान भइरहेको छ। बयान सकेर थुनछेक बहस शुरु हुने छ।

जसले अधिकारीलाई अख्तियारको हिरासतै राखेर मुद्धा अगाडी बढाउने कि धरौटीमा छोडने भन्ने टुंगो लाग्ने छ। बस्तिको जोखिम तथा हेलिकाेप्टर उडानका लागि आवश्यक कुनै पनि संरचना समेत भएको स्थानमा जबरजस्ति हेलिपोर्ट बनाएको आरोप अधिकारीमाथि लागेको छ। विमानस्थ्लको टावरसँग सम्पर्क हुन कठिन, उच्च सुरक्षा जोखिम रहेको भन्दै ४७ जना पाइलटले समेत हुँदैन भनेको स्थामा अधिकारीसहितका पदाधिकारीहरुले सरकारसँग पूर्व-स्वीकृति समेत नलइकन हेलिपोर्ट बनाएको आरोप लागेको हाे।