Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सप्ताहव्यापी ‘ड्याफोडिल कप-२०८२’ प्रारम्भ


1.9k
Shares

काठमाडाैं। ड्याफोडिल पब्लिक स्कुल सुन्दरीजलको खेल मैदानमा यहि मंसिर १२ गतेदेखि भएको सप्ताहव्यापी ‘ड्याफोडिल कप–२०८२’ प्रारम्भ भएको छ।

प्रविधिबाट गुणस्तरीय शिक्षासँगै खेलबाट शारीरिक विकास अभियान अन्तर्गत भएकाे खेलमा बास्केटबलतर्फ १५ वटा विद्यालयका विभिन्न उमेर समूहका छात्र र छात्रागरि ३० टिम र फुटसलतर्फ १३ विद्यालयका विभिन्न उमेर समूहका ३० टिमले सहभागिता जनाएका हुन्। उद्‌घाटन खेलमा १२ वर्षमुनि उमेर समूहको छात्र–फुटसलतर्फ ड्याफोडिल पब्लिकले ड्याफोडिल बोर्डिङलाई ०/४ ले पराजित गरेकाे छ। त्यस्तै, बास्केटबलतर्फ १६ वर्ष-मुनि उमेर समूहका छात्राहरूमा ड्याफोडिल पब्लिकले मातृभूमिलाई १६/२० ले पराजित गरेकाे हाे। 

प्रथम दिवसीय फुटसलमा विभिन्न विद्यालय र उमेर समूहका २० वटा र बास्केटबलमा १८ वटा टिमबीच रोचक प्रतिस्पर्धा भएको थियो। बास्केटबल अन्तर्गत  क्रमश: ड्याफोडिल पब्लिक‚ ड्याफोडिल बोर्डिङ‚ निम्स‚ गोल्डेन पिक र फेरिल्याण्डले जित हात पारेका छन्। साथै फुटसलमा ड्याफोडिल पब्लिक‚ ब्रम्हकुञ्ज‚ एआईए एञ्जल हार्ट र ड्याफोडिल बोर्डिङ स्कुलको विभिन्न टिमले जित हात पारेका हुन्।