Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


नुवाकोटमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, दुई सय ४५ जना लाभान्वित


52
Shares

काठमाडौं ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका–५ स्थित काउले बजारमा आइतबार सशस्त्र प्रहरीद्वारा यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी र ककनी गाउँपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ।

स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा विभिन्न स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको हो ।

शिविरमार्फत ११५ महिला र १३० पुरुष गरी कुल २४५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

नेपाल एपीएफ अस्पतालका विशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. कौशल राज काफ्लेको नेतृत्वमा २१ जना चिकित्सक तथा ककनी गाउँपालिकाका डा. सरोज बीसीको नेतृत्वमा ९ जना चिकित्सक खटिएका थिए।

शिविरमा दाँत, स्त्रीरोग (गाइनो), छाला, आँखासम्बन्धी, साधारण सल्यक्रिया, नाक–कान–घाँटी, हाड–जोर्नी तथा नसा रोग सम्बन्धी सेवासहित एक्स–रे सुविधासमेत प्रदान गरिएको थियो।