Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सरकारले आगामी निर्वाचन गराउँछु भन्नु हास्यास्पद: महेश बस्नेत

सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यू लगाउनु नैतिक रूपले गलत

806
Shares

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले बुधबार बाराको सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी भएको घटनापछि सरकारप्रति कटाक्ष गर्नुभएकाे छ।

उहाँले बुधबार दिउँसाे सामाजिक संजालमार्फत यस्ताे कटाक्ष गर्नुभएकाे हाे। राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नकै उद्देश्यले सरकारले जेनजीको नाममा अराजक भीड उतारेको समेत उहाँले आरोप लगाउनुभयाे। सभा हुन नदिन जेनजीको नाममा विभिन्न दलमा आवद्ध समूहलाई सडकमा उतारेर विमानस्थल अवरोध गराइएको उहाँकाे भनाइ छ। ५०–६० जनाको सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यू लगाउनु नैतिक रूपले गलत कार्य भएको उहाँकाे दावी थियाे।

नेता बस्नेतले संविधानले सुनिश्चित गरेको सभा–सम्मेलन गर्ने अधिकार, स्वतन्त्र अभिव्यक्ति र राजनीतिक गतिविधिमा सहभागी हुने मौलिक हक हनन् गर्दै सरकारले लोकतान्त्रिक अभ्यासमै हस्तक्षेप गरेको आरोप लगाउनुभयाे।

नेता बस्नेतले सामाजिक संजालमा यस्ताे लेख्नुभएकाे छ:

Skip This