Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


गुरु रविशंकरलाई २०२५ विश्व शान्ति तथा सुरक्षा पुरस्कार प्रदान


4.9k
Shares

काठमाडाैं ।

विश्वका प्रसिद्ध आध्यात्मिक गुरु रविशंकरलाई बोस्टन ग्लोबल फोरमद्वारा“२०२५ विश्व शान्ति तथा सुरक्षा” पुरस्कार प्रदान गरिएको छ।

“दि आर्ट अफ लिभिङ फाउन्डेशन” मार्फत गुरु रविशंकरले विश्वभर लाखौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पारेकाे भन्दै विश्व शान्ति तथा सुरक्षा पुरस्कार प्रदान गरेकाे हाे ।

बोस्टन ग्लोबल फोरमका अध्यक्ष माइकल एस. डुकाकिस र सह-अध्यक्ष ङुएन आन्ह तुआनले गुरुदेवको आध्यात्मिक नेतृत्व र मानवताका लागि सेवाको प्रशंसा गर्दै भने, “गुरुदेवले दया, क्षमा र समझदारीमार्फत विश्वमा मेलमिलाप र शान्तिको सन्देश फैलाएकाे बताएका छन् ।

दि आर्ट अफ लिभिङ फाउन्डेशन मार्फत उनले संसारभर लाखौँ मानिसलाई प्रेरणा दिएको छ र कोलम्बिया, श्रीलङ्का, इराकलगायत देशहरूमा द्वन्द्व समाधानमा योगदान दिएकाे बोस्टन ग्लोबल फोरमका अध्यक्ष माइकल एस. डुकाकिसले बताएका छन् ।

बोस्टन ग्लोबल फोरम र एआई वर्ल्ड सोसाइटीले प्रविधि मानवताको सेवामा रहनुपर्छ भन्ने गुरुदेवको सन्देशलाई मार्गदर्शक सिद्धान्त मानेको छ।

यो पुरस्कारका अघिल्ला विजेता मध्ये जापानका शिन्जो आबे, जर्मनीकी एन्जेला मर्केल र फ्रान्सका इम्यानुएल माक्रों रहेका छन्।

Skip This