Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


आफूले भाग लिन नपाए देशमा निर्वाचन नै हुन नदिने संरक्षक चौधरीकाे चेतावनी


1.1k
Shares

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्मण थारु, धनिराम थारु र आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो निर्वाचन हुन नदिने चेतावनी दिनुभएको हो । संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने समेत गर्नुभयो । उहाँले कुनै पनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताउनुभएकाे छ।

संरक्षक चौधरीले जेनजी युवाकाे आन्दोलन आम नागरिकको विद्रोह भएको दावी समेत गर्नुभयो ।

Skip This