Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


गहना चोरीमा संलग्न भएको आरोपमा थप ५ जना पक्राउ


637
Shares

एजेन्सी। पेरिसका सरकारी वकिलले लुभ्रे गहना चोरीमा संलग्न भएको आरोपमा थप ५ संदिग्ध पक्राउ परेकाे बताएका छन्।

बुधबार राति पेरिस क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको लाउरे बेकुउको कार्यालयले जनाएको हाे। एएफपीले रिपोर्ट गरे अनुसार हिरासतमा लिइएकाहरूमध्ये एक मुख्य संदिग्ध पनि समावेश छ। बुधबार भएको निर्लज्ज चोरीमा दुई जनाले आफ्नो संलग्नता आंशिक रूपमा स्वीकारू गरेपछि नयाँ गिरफ्तारीहरू भएका हाे।

सीसीटीभीमा देखिने चाेरी गर्ने ४ सदस्यीय टोलीको हिस्सा ती ३ जना भएको जनाइएकाे छ। चौथो व्यक्ति अझै पक्राउ पर्न बाँकी रहेकाे कार्यालयले जनाएको हाे ।