Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


एमालेले केन्द्रीय कमिटी बैठक पनि बाेलायाे


1.5k
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

जेनजी आन्दोलनपछि पार्टीले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । एमालेले केन्द्रीय कमिटी बैठक अगाडि सचिवालय बैठक पनि बोलाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यहि असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने बताउनुभयाे । त्यस्तै, पार्टी सचिवालय बैठक भने असाेज १९ र २० गतेका लागि बोलाइएको उहाँकाे भनाइ छ।

पछिल्लो घटना क्रमकाे बारेमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको १० औं बैठक यहि असोज २७–२८ गते काठमाडौंंमा बस्ने उपमहासचिव ज्ञवालीले जानकारी गराउनुभएकाे छ।