Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


बलात्कार मुद्दा दर्तापछि जनमत पार्टीका केन्द्रीय सचिव साह निलम्बित


1.4k
Shares

काठमाडाैं । जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साहलाई निलम्बन गरेको छ।

साहविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा नभएसम्म पार्टीको सचिव पद तथा साधारण सदस्यबाट पनि निलम्बन गरिएको केन्द्रीय अनुशासन समितिले जनाएकाे हाे । केन्द्रीय अनुशासन समितिले सोमबार जारी गरेको पत्रमा २०८१ साल चैत्र ३१ गते साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भए यहि भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले त्यस सम्बन्धमा सूचना जारी गरेको उल्लेख गरिएको छ ।

साेही घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले साहलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको हाे।