Logo १२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026


जेनजी युवाले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग अध्यक्ष दाहालकाे माग


13
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएकाे छ।

मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका अध्यक्ष दाहालले साेमबार जेनजीको माग पूरा गर्न आग्रह गर्नुभएकाे हाे । त्यस्तै, सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि उहाँले आपत्ति जनाउनुभयाे । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह समेत गर्नुभएकाे छ ।

साथै प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरी ७०–८० जना घाइते भएको समाचार आफूले सुनेकाे समेत उहाँले बताउनुभयाे । प्रदर्शनमा एक जनाको मृत्यु पनि भएको र यसको वास्तविकता सार्वजनिक गर्न समेत उहाँले माग गर्नुभएकाे छ।

साथै अध्यक्ष दाहालले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि आग्रह गर्नुभयाे ।