Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


जुत्ता–चप्पल गोदाममा भीषण


26
Shares

काठमाडौं ।

कैलालीमा भीषण आगलागी भएको छ ।

शुक्रबार राति कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ता–चप्पल गोदाममा भीषण आगलागी भएको हो । आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कल्पना जैशीद्वारा सञ्चालित गोदाममा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

घटनामा मानवीय क्षति भने भएको छैन। आगलागी के कारणले लागेको भन्नेबो अनुसन्धान जारी छ।