२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


मधेश प्रदेश सरकारद्वारा शहीद परिवारका सदस्यहरुको सम्मान


247
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने बताउनुभयो । उहाँले मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताउनुभयो । शहीद परिवारका सम्पूर्ण सदस्यको बीमा गर्ने कार्यक्रम सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा शहीद परिवारका सदस्य तथा जिउँदो शहीदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।