काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अहिले पनि दक्ष जनशक्तिहरु नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनि बसिरहेको बताउनुभयो । उहाँले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको बताउनुभयो । उहाँले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा संप्रेषण गर्न नहुने बताउनुभयो । युवालाई देशभित्र बस्नका निम्ति वातावरण बनाउनुपर्ने बताउनुभयो ।
पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्