६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


गाजापट्टीमा इजरायली आक्रमणबाट ४० मारिए


247
Shares

एजेन्सी । गाजा पट्टीको मानव बस्तीमा इजरायलले हमला गर्दा ४० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

त्यस क्षेत्रमा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स सेवाका अनुसार दक्षिणी अल–मावासी मानव बस्तीमा विस्थापितहरुले आश्रय लिएको शिविरमा इजरायलले रातभर हमला गरेको छ । हमलामा परि गाजाको प्रहरी बलका प्रमुख महमूद सलाह र उपप्रमुख हुसम शाहवानको पनि मृत्यु भएको छ ।

इजरायली सेनाले हमासको सैन्य शाखालाई इजरायली सेनामाथि आक्रमण गर्ने योजना बनाउन मद्दत गर्ने आतंकवादी भएको आरोप लगाउँदै शाहवान लक्षित हमला गरेको पुष्टि गरेको छ ।