५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


बाल विकासका विद्यार्थीले गरे उत्कृष्ट प्रदर्शन


689
Shares

काठमाडौं । पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाल विकास बोर्डिङ हाइस्कूलका विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा समग्रमा तेस्रो र वडा नम्बर ३ बाट पहिलो स्थान हासिल गर्न सफल विद्यार्थीहरूले विशेषगरी कुङ फु र रनिङमा सानदार जित निकालेका हुन् ।

नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटार मैदान र वडा नम्बर १० को कपन ह्यान्डबल मैदानमा पुस १४ गते देखि १६ गतेसम्म तीन दिन भएको प्रतियोगितामा बाल विकासले समग्रमा ६ स्वर्ण, ८ रजत र ३ कांस्य पदक हासिल गरेको छ ।

विद्यालयका संस्थापक प्राचार्य महेशकुमार श्रेष्ठले खेलमा सहभागी तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा खेल प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरका कुङ फु रेफ्री सुकमान लामाको प्रशिक्षणमा प्रशिक्षित विद्यार्थीहरूले हासिल गरेको ऐतिहासिक जितका लागि विद्यालयले उनीप्रति पनि आभार व्यक्त गरेको छ ।