७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


बालविवाह अन्त्यका लागि तीन तहका सरकार मिलौं : मन्त्री सुडी


325
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताउनुभएको हो ।

मन्त्री सुडिले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरुको कार्यान्वयनका स्थानीय तह लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले कानूनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो ।

मन्त्री सुडिले सबैले आ-आफ्नै डबली बजाएर देशको कल्याण नहुने जिकिर गर्नुभयो । उहाँले बालविवाहका कारण बाललिकाहरुको शारीरिक र मानसिक शोषण भइरहेको उल्लेख गर्नुभयो । बालविवाहको अन्त्य गर्दै समाजमा विद्यमान समस्याहरुको समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।

मन्त्री सुडीले तीनै तहको सरकार मिलेर अघि बढ्नसकेमात्र सामाजिक विकृतिहरुको अन्त्य गर्न सकिने बताउनुभयो ।